Rule 117
कोषको रकमबाट सञ्चालन गर्न नहुने कार्य
कोषको रकमबाट देहाय बमोजिमका कार्यक्रम सञ्चालन गरिने छैनः- (क) कर्मचारीलाई तलब, भत्ता र औषधि उपचार सम्बन्धी खर्चको भुक्तानी गर्न, (ख) कोषको कार्यमा खटिएका कर्मचारी बाहेकलाई भ्रमण भत्ता भुक्तानी गर्न, (ग) फर्निचर वा/सवारी साधन खरीद तथा मर्मत गर्न, भवन निर्माण तथा मर्मत गर्न, (घ) चन्दा, उपहार तथा आर्थिक सहयोग दिन, (ङ) विदेश भ्रमण गर्न, (च) समितिले स्वीकृत गरेका कार्यक्रम बाहेकका अन्य कार्यमा खर्च गर्न।